काठमाण्डौ । कोरोनाभाइरसको नयाँ संक्रमण फैलन रोक्नका लागि मानिसहरु सामाजिक दुुरी बनाइराखेका छन् । यस्तोमा दैनिक गर्दै आइरहेका कामहरु कसरी गर्ने भन्ने प्रश्न उठ्न सक्छ । यिनीहरुमध्ये नै एउटा काम हो लुुगा धुुने काम । 

कपडा धुँदा कयौ कुरामा ध्यान दिंदा कारोनाभाइरसबाट बच्न सकिने विज्ञहरु बताउँछन् । 

कपडामा कति समयसम्म कोरोनाभाइरस बच्न सक्छ भन्नेबारेमा अहिलेसम्म अधिक जानकारी प्राप्त भएको छैन । तर, कपडामा प्लास्टिक र स्टीलमा पाइने चीजहरु पाइने गर्छ । विशेषज्ञका अनुुसार प्लास्टिक र स्टीलमा कोरोनाभाइरस तीन दिन जिवित रहनसक्छ । 

हामीले लगाउने लुुगामा हुुने टाक र जिप स्टिलको या त प्लास्टिकको हुुन सक्छ । तथापि यसबाट भाइरस सर्ने सम्भावना अपेक्षाकृत रुपमा कम हुुने गर्दछ । 

धेरैजसो संक्रमण खोक्दा हाच्छुुयुु गर्दा, संक्रमितसँग हात मिलाउँदा र हात सफा नगरी मुुख वा अनुुहारमा धुँदा फैलने गर्दछ । 

अमेरिकाको जोन जे कलेजका प्याथोलोजिका प्रोफेसर र बायोकेमिकल रिसर्चर एन्जेलिक कोर्थल्सका अनुुसार सामान्य अवस्था र घरबाहिरबाट आउँदा सावधानीका लागि जुुत्ता र कपडा बदल्नुुपर्दछ। 

विशेषगरी सार्वजनिक ठाउँबाट आएपछि यस्तो गर्नुुपर्दछ । यदि कसैले नजिकै आएर खोक्छ वा हाच्छुुयुु गर्छ भने पनि कपडा बदल्नुुपर्छ । यदि कामको दौरान धेरै मानिसहरुसँग उठबस हुुन्छ भने घर आउँदा कपडा बदल्नुुपर्दछ र हात धुुनुुपर्दछ । 

यदि कपडाले संक्रमित वस्तुुहरु छुुँदा र कुुनै सार्वजनिक स्थलमा बस्दा वा कुुनै खम्बासँग टासिएर बस्दा कोरोनाभाइरस सर्ने सम्भावना धेरै हुुन्छ । र, संक्रमण घर सम्म पुुग्न सक्छ । तर, घरमै बसिरहँदा भने कपडाबाट कोरोना संक्रमण सर्न सक्ने सम्भावना कम हुुन्छ । 

अमेरीकाको सेन्ट्रल फर डिजिज प्रीभेन्सन एण्ड कन्ट्रोलका अनुुसार कपडा, तौलिया, तन्ना र लगाउने अन्य लुुगा धुँदा वा सुुकाउँदा जति धेरै तापक्रम प्रयोग गरिन्छ त्यति नै राम्रो हुुने गर्दछ । त्यसैले अधिक तापमानले बिग्रने लुुगाहरु यतिबेला नलाएको राम्रो हुुन्छ । 

कपडा धोइसकेपछि साबुुनपानीले राम्ररी हात धुुनुुपर्दछ । त्यस्तै लुुगा धोएपछि लुुगालाई टकटकाउनुु हुँदैन, जसले गर्दा भाइरस सर्नसक्ने सम्भावना हुुन्छ । 

बिरामीको हेरचाहमा संलग्न हुुने व्यक्ति र स्वास्थ्यकर्मीले आफूले लगाएको कपडाको सरसफाइमा विशेष ध्यान दिनुु पर्दछ । त्यस्तै धेरैजना मानिसहरुसँग सम्पर्कमा हुुने मानिसहरुले पनि यसमा ध्यान दिनुुपर्दछ ।