काठमाण्डौ । अमेरिकाको इतिहासमै पहिलोपटक कोही महिला राष्ट्रपति पदका लागि चुनाव लड्दैछिन्  । हिलारी क्लिन्टन त्यस्ती पहिलो अमेरिकी महिला हुन्, जो राष्ट्रपतिको चुनाव लड्दैछिन् । 

अमेरिकामा राष्ट्रपतिको उम्मेद्वारको रुपमा छनौट हुन पनि निकै धेरै चरणहरु पार गर्नुपर्छ । सो क्रममा उनले आफूलाई जसरी सुझबुझपूर्ण ढंगले प्रस्तुत गरिन्, त्यसैगरी मतदाताहरुमा राम्रो छाप छाड्नैका लागि उनले आफ्नो पहिरनमा समेत विशेष ध्यान दिंदै आएकी छिन् । ग्ल्यामरमा विशेष ध्यान दिइरहेकी हिलारीले आफ्नो कपडामा मात्रै करिब साढे २ करोड नेपाली रुपैयाँ खर्च गर्नसक्ने अनुमान लगाइएको छ । 

भाषण गर्दा १३ लाखको ज्याकेट !
न्यूयोर्क पोष्टले लेखे अनुसार क्लिन्टनले अप्रिलमा न्यूयोर्कमा भएको एक कार्यक्रममा आयमा भएको असमानता, रोजगारको अवसर सिर्जना र सेवा निवृत हुँदाको समयमा समेत देशबासीलाई आफूले सहयोग गर्ने वचन दिइन । यो भाषणको क्रममा हिलारीले साढे १२ हजार अमेरिकी डलर अर्थात करिब १३ लाख नेपाली रुपैयाँको जिआरजियो अरमानी ट्वीट ज्याकेट लगाएकी थिइन । यो ज्याकेटमा क्लिनटनलाई निकै ग्ल्यामरस देखिएको संचारमाध्यमहरुले लेखेका छन् । 

समय अनुसारको पर्सनालिटी


जब हिलारी न्यूयोर्कको सिनेटर तथा सेक्रेटरी अफ स्टेटको रुपमा काम गर्थिन, सो बेला उनको लुक्स निकै गम्भीर हुन्थ्यो । त्यसबेला हिलारीले रेन्बो कलरको पेन्टसूट हरदम लगाएकी देखिन्थ्यो । त्यसबेला हिलारीको तुलनामा वर्तमान फस्ट लेडी मिसेल ओबामालाई स्टाइल आइकनको रुपमा चर्चा गरिन्थ्यो । मिशेल ओबामाको त फेसन तथा स्टाइलको फोटो तथा स्टोरी चर्चित म्यागजिनहरुले कभरमै प्रकाशित गरेका थिए । तर पछिल्लो समयत हिलारी मिसेललाई समेत फेसनको मामिलामा अगाडि देखिएकी छिन् । उनी समय र आफ्नो भूमिका अनुसार आफूलाई फेसनेवल बनाउन निकै माहिर देखिएकी छिन् । 

नयाँ कपडामा साढे २ करोड खर्च गर्दै


हिलारीले आफ्नो लुक्स बनाउन निकै मेहेनत गरेकी छिन् । हुन त उनको नयाँ लुक्स निकै महङ्गो पनि छ । लस एञ्जेल्सस्थित पोलिटिकल इमेज कन्सल्टेन्सी पेट्सी सिसनेरोसका अनुसार हिलारीले आफ्नो वार ड्रपमा करोडौं रुपैयाँ खर्च गरिसकेकी छिन् । पछिल्लो एकवर्षको चुनावी अभियानको क्रममा उनले निकै राम्रा–राम्रा डिजाइन र गुणस्तरका स्टाइलिस कपडा लगाइसकेकी छिन् । हिलारीले आफ्ना लागि हुने स्टाइलिस नयाँ कपडामा मात्रै करिब साढे २ करोड नेपाली रुपैयाँ खर्च गर्न सक्ने बताइएको छ । 

महङ्गो कपडामा चिटिक्कै


हिलारी पछिल्ला केही महिनादेखि निकै महंगा कपडा र आकर्षक लुक्समा देखिइन थालेकी छिन् । उनको लुक्स समेत परिवर्तन भइरहन्छ । गत वर्ष रुजलवेल्ट आइल्याण्डबाट आफ्नो अभियान सुरुवात गर्ने क्रममा उनले कस्टम मेड ब्लु सिल्क राफेल लरेन सुट लगाएकी थिइन, जसको मूल्य नेपाली करिब अढाई लाख रुपैयाँ रहेको छ । यस बाहेक २ मार्चमा न्यूयोर्क सिटीको फण्ड प्रोग्राममा ब्लु बेडेट कोट लगाएकी थिइन, जसको मूल्य नेपाली करिब ३ लाख ६० हजार रुपैयाँ हो । यसैगरी, एक अर्को अभियानको क्रममा उनले कस्टम मेड ब्ल्याक सुट लगाएकी थिइन, जसको प्रारम्भिक मूल्य नै नेपाली करिब ५ लाख रुपैयाँ हो । 

मेकअपमा पनि लाखौं खर्च 
अमेरिकास्थित मिडियाहरुले बताए अनुसार हिलारीले राष्ट्रपतिको उम्मेद्वार भएपछि कपडासँगै आफ्नो मेकअपमा पनि लाखौं रुपैयाँ खर्च गरिरहेकी छिन् । हिलारीले चर्चित मेकअप आर्टिस्ट बारबरा लेसीलाई पे रोलमा राखेकी छिन् । यस अलावा हिलारीले आफ्नो व्यक्तिगत डिजाइनरको पनि व्यवस्था गरेकी छिन् । उनले डिजाइनर अपग्रेड गर्ने क्रममा हाई एण्ड यूरोपियन लेभलको डिजाइनर हायर गर्न खोजिरहेकी छिन् । यसैगरी उनले फोटो एक्सपर्ट टिमलाई समेत हायर गरिसकेकी छिन् । यो टिम त्यही हो, जो यसअघि मिसेल ओबामाले हायर गरेकी थिइन । 

ट्रम्प पनि के कम ?


हिलारी मात्र महङ्गो कपडाका कारण अमेरिका र विश्वभरि चर्चित छैनन्, उनका प्रत्यासीको रुपमा हेरिएका डोनल्ड ट्रम्प समेत महङ्गा कपडा लगाएर चुनावी अभियानमा देखा पर्ने गर्छन । उनी हरेक समय ब्रिओनी सुट्स लगाएर सार्वजनिक समारोहहरुमा देखा पर्छन । उनको इटालियन मेड सूट करिब ८ लाख नेपाली रुपैयाँ मूल्य पर्ने हो । यो मूल्यमा सर्ट, टाई र जुत्ताको मूल्य सामेल छैन । 
बिजशाला / एजेन्सी