काठमाण्डौ । कमजोर रेटिङ पाएको जलविद्युत कम्पनीले आइपीओ निश्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ । 

माउन्टेन इनर्जी नेपाल लिमीटेडले १०० रुपैयाँ अंकित दरले ३९ लाख ३६ हजार ५४ कित्ता आइपीओ निश्कासनको माग गर्दै बोर्डमा आवेदन दिएको हो । 

कम्पनीले सर्वसाधारणका लागि निश्कासन गर्न चाहेको आइपीओको निश्कासन तथा बिक्री प्रबन्धकमा नवील इन्भेष्टमेन्ट बैंकिंग लिमीटेड रहेको छ ।

केयर रेटिंग्सले यो कम्पनीको आइपीओलाई ग्रेड फोर प्लसको रेटिङ दिएको छ, जसको अर्थ कम्पनीको अवस्था औसत भन्दा पनि कमजोर छ भन्ने हो । तर, ग्रेड फोर समूहमा केही राम्रो कम्पनीले फोर प्लसको रेटिङ पाउँछन् भन्ने संकेत पनि हो ।

प्रस्तावित आइपीओ निश्कासनपछि कम्पनीको सर्वसाधारण समूहको सेयर स्वामित्व २० प्रतिशत कायम हुनेछ ।