काठमाण्डौ । बस्तु विनिमय बजार(कमोडिटी मार्केट) संचालन गर्ने संगठित संस्थाको चुक्तापूँजी न्यूनतम ५० करोड हुनुपर्ने प्रस्ताव गरिएको छ । 
 
धितोपत्र बोर्डले सार्वजनिक गरेको वस्तुु विनिमय बजार सम्बन्धी प्रस्तावित नियमावलीमा यस्तो व्यवस्था गरिएको हो । 
 
नियमावलीमा अनुमतिपत्र नलिई कार्य गर्न नपाइने र बजार संचालन गर्ने संस्थाको न्यूनतम पूँजी ५० करोड हुनुपर्ने उल्लेख छ । यस्तै, अनुमतिपत्र प्राप्त संस्थाले अनुमति प्राप्त गरेको मितिले ६ महिनाभित्र पूर्वाधारको व्यवस्था गर्नुपर्ने, कसैले पनि कूल शेयर पूंजीको ५ प्रतिशत भन्दा बढी शेयर स्वामित्व ग्रहण गर्न नपाउने र विदेशी संस्थाले रणनीतिक साझेदारको रुपमा बजारको कुल शेयर पूजीको बढीमा ५१ प्रतिशतसम्म शेयर स्वामित्व ग्रहण गर्नसक्ने लगायतको व्यवस्था समेत प्रस्ताव गरिएको छ । 
 
यस्तै, नियमावलीमा बजार, व्यवसायीले विद्युतीय रुपमा कारोबार गर्न सकिने गरी  कारोबार प्रणाली स्थापना गर्नुपर्ने व्यवस्था समेत गरिएको छ । 
 
नियमावलीमा अन्य के के प्रस्ताव गरिएको छ ? हेरौं बुँदागत रुपमा:
 
दण्ड सजाय
 कसूरजन्य कार्य सम्बन्धी मुद्दा सरकार वादी हुने
 ५ लाख रुपैंयासम्म जरिबाना वा ५ वर्षसम्म कैद वा दुवै
 कसूरदारवाट क्षतिपूर्ति भराईने
 कसूर गर्न मद्दत गर्नेलाई कसूरदारलाई हुने सजायको आधा सजाय हुने
 
कारवाही, दण्ड र जरिबाना
– प्रशासनिक कारवाही 
– सचेत वा लिखित चेतावनी 
– सुधारात्मक कदमकालागि सञ्चालक समितिलाई कवुलियतनामा 
– कारोबारमा आंशिक वा पूर्ण प्रतिबन्ध 
– बोर्डले उपलब्ध गराउने सेवा निलम्बन गर्ने वा रोक्का राख्ने 
 
जरिबाना 
– न्यूनतम १० हजार देखि अधिकतम ५० लाख रुपैयांसम्म 
 
शेयर स्वामित्व सम्बन्धी व्यवस्था
 वस्तु विनिमय बजारको अनुमति लिएको पांच बर्ष सम्म शेयर बिक्री गर्न नपाईने
 योग्यता पूरा नगरेको व्यक्तिले शेयर स्वामित्व लिन नसक्ने
 शेयर स्वामित्व लिएको व्यक्तिले शेयर हस्तान्तरण गर्न चाहेमा बोर्डको पूर्व स्वीकृती लिनुपर्ने
 शेयर खरिद गरिलिनेको योग्यता पूरा भएको विवरण पेश गर्नुपर्ने
 वस्तु विनिमय बजारको शेयर जफत गरिएमा सो शेयरलाई बोल कबोल बाट बिक्री गरिने
 वस्तु विनिमय बजारले कारोबार शुरु गरेको वा स्थगन गरेको वस्तु करारको जानकारी तुरुन्त लगानीकर्तालाई दिनुपर्ने
 वस्तु करार तयार गरी बोर्डमा दर्ता गर्नुपर्ने र सूचिकरण गर्नुपर्ने
 सूचिकृत करार मात्र कारोबार गर्नुपर्ने
राफसाफ व्यवसायी नियुक्त गरी सम्झौता गर्नुपर्ने
 दलाल व्यवसायी, बजार निर्मातालाई सदस्यता प्रदान गर्ने
 
संचालक सम्बन्धी व्यवस्था
 वस्तु विनिमय बजारले यथाशक्य फरक फरक क्षेत्रबाट संचालक नियुक्त गर्नुपर्ने
 संचालक समितिले कार्यकारी प्रमुख नियुक्त गर्नुपर्ने
 अयोग्यता भएका व्यक्ति संचालक समितिमा रहन नहुने
 संचालक समितिको बैठक नियमित रुपमा बस्नुपर्ने
 संचालकलाई तोकिएका योग्यता निरन्तर रुपमा कायम हुनुपर्ने 
 
कारोबार सम्बन्धी व्यवस्था
 कारोबार गर्न सकिने वस्तु तोकिएको
 बोर्डमा दर्ता भएको करार मात्र कारोबार गर्नुपर्ने
 व्यवसायीले लगानीकर्ताको आदेश लिएर मात्र लगानीकर्ताको लागि कारोबार गर्नुपर्ने
 दलाल व्यवसायी मार्पmत लगानीकर्ता आफैले विद्युतीय रुपमा कारोबार गर्न सकिने
 कारोबारको जिम्मेवारी व्यवसायीको हुने
 लगानीकर्ताको पूर्ण अभिलेख राख्नुपर्ने
 रकमको लेनदेन बैंक मार्फत मात्र गर्नुपर्ने 
 
अभिलेख, जानकारी तथा विवरण प्रवाह व्यवस्था
 कारोबार तथा ग्राहकको सम्बन्धमा सम्बन्धित सबैले यथार्थ र दुरुस्त अभिलेख राख्नुपर्ने
 अनुमतिपत्र प्राप्त संस्थाले बार्षिक, अर्धबार्षिक तथा त्रैमासिक रुपमा विवरण पेश गर्नुपर्ने
 संवेदनशील सूचना तथा बोर्डले तोकिदिएका सूचनाहरु तुरुन्त दिनुपर्ने
 अनुमतिपत्र प्राप्त संस्थाले नियमित लेखा परीक्षण गराउनु पर्ने तथा प्रतिवेदन बोर्डमा पेश गर्नुपर्ने
 
सेवा शुल्क तथा नियमन शुल्क सम्बन्धी व्यवस्था
 वस्तु कारोबार व्यवसायीले लगानीकर्ता संग शुल्क लिन सक्ने
 वस्तु विनिमय बजार तथा राफसाफ व्यवसायीले सदस्यसंग शुल्क लिन सक्ने
 अनुमतिपत्र प्राप्त संस्थाले नियमन शुल्कको रुपमा आपूmले प्राप्त गरेको शुल्क मध्येबाट केही बोर्डलाई दिनुपर्ने
 
सुपरिवेक्षण, नियमन तथा कारवाही सम्बन्धी
 बोर्डले नियमित रुपमा सुपरिवेक्षण तथा अनुगमन गर्ने
 सुपरिवेक्षणबाट कारवाही गर्न आवश्यक देखिए बमोजिम कारवाही अगाडी बढाइने
 सम्बन्धित पक्षलाई आप्mनो भनाई राख्न मौका प्रदान गरिने 
 अनुमतिपत्र प्राप्त संस्थाको अनुमतिपत्र निलम्बन तथा खारेजी वा जरिवान गर्नु अघि बढीमा पन्ध दिनको म्याद दिई स्पष्टिकरण सोधिने