काठमाण्डौ । कम्पनी रजिष्टार कार्यालयले कम्पनी प्रशासनसँग सम्बन्धित कामहरु आगामी भदौ ११ गतेसम्मका लागि बन्द गरेको छ ।

कम्पनी रजिष्टारको कार्यालयले आज एक सूचना जारी गर्दै आगामी भदौ ११ गतेसम्म प्रशासनसँग सम्बन्धित कामहरु बन्द गरिएको जनाएको हो । 

कोभिड १९ को संक्रमणलाई मध्यनजर गर्दै कम्पनीले कार्यालयमा बुझाउनुपर्ने वार्षिक विवरण लगायतका अभिलेखहरु अनलाइनबाटै बुझाउनुपर्ने र त्यसका लागि रजिष्टार  कार्यालयले अनलाइन सेवा सुचारु गरेको जानकारी दिइएको छ ।

कम्पनी दर्ताको हकमा भने औषधी उत्पादन, बिक्रीवितरण, जनस्वास्थ्यसँग सम्बन्धित, मास्क सेनिटाइजर, सरसफाइ, खाद्यान्न, खानेपानीजस्ता अत्यावश्यक सेवासँग सम्बन्धित कम्पनी दर्ता भने सुचारु नै रहने विज्ञप्तिमा उल्लेख छ ।