काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाबाट लोन लिएर घर किन्न खोज्नु ठूलो निर्णय हो । धेरै कम मानिस आफ्नो करिअरको सुरुआतमा यस्तो निर्णय लिन्छन् । तर कम उमेर अर्थात २० देखि ३० वर्ष उमेरबीचमा यदि कसैले घर किन्ने निर्णय गर्छन् भने यसबाट फाइदा र नोक्सानी दुवै हुन सक्छ ।

जसले आफ्नो करिअरको सुरुआत भर्खरै गरेका छन् उनीहरुका लागि घर किन्नु ठूलो चुनौतीको विषय हुन्छ । त्यसैले उनीहरु भाडाका घरमा बस्छन् । जब उनीहरुको आम्दानी बढ्दै जान्छ अनि लाग्छ कि भाडा तिर्नुभन्दा त्यो पैसा बचाएर बैंकबाट लोन लिएर घर किन्ने अनि त्यही पैसा ईएमआईका रुपमा तिर्दै जाने सोच बनाउन थाल्छन् ।

कोही घर छिटै किन्न चाहन्छन् किनकि आफ्नो वित्तीय भविष्य सुरक्षित गर्न चाहन्छन् । थुप्रैलाई लाग्न सक्छ कि घर किन्ने उनीहरुको जीवनको सबैभन्दा ठूलो वित्तीय लक्ष्य हो र यो लक्ष्य पूरा गरेपछि अन्य क्षेत्रमा राम्रो सफलता हासिल गर्ने ।

फेरि कसैलाई यो पनि लाग्न सक्छ कि पछि घर किन्न निकै समस्या हुन सक्छ किनकि उनीहरुमाथि अरु थुप्रै जिम्मेवारी थपिन सक्छ । जब कि कोहीसँग राम्रो आम्दानीसँगै वित्तीय अवस्था पनि राम्रो हुने हुँदा बैंकबाट लोन लिएर घर किन्दा पनि सजिलै ईएमआई तिर्न सक्छन् ।

घर किन्न खोज्नु नराम्रो कुरा हो । तर आफ्नो लक्ष्य त्यसैमा सीमित गर्न पनि हुँदैन। त्यसैले यहाँ हामी कम उमेरमै घर किन्दा हुने फाइदा र बेफाइदाबारे जानकारी दिन गइरहेका छौँ ।

फाइदा

१. करिअरको सुरुआत लोन लिएर घर किन्दा केही फाइदा आवश्यक हुन्छ । अवकाशअघि नै लोन चुक्ता गर्न सकिन्छ । लोन चुक्ता गरिसक्दा पहिलेको तुलनामा घरको मूल्य पनि बढिसकेको हुन्छ । अवकाशपछि घर किन्ने र लोन भुक्तान गर्ने तनाव पनि हुँदैन ।

२. भाडाको घरमा बस्नुभन्दा आफ्नै घरमा बस्दा निकै सहज हुन्छ । भाडा घरमा बस्दा हरेक वर्ष भाडा बढाउने वा सरिराख्नुपर्ने अवस्था हुन्छ ।

३. कम उमेरमा लोन लिएर घर किन्दा ऊजाशील समय बढीभन्दा बढी आम्दानी गर्नेतिर लगाउन सकिन्छ । जतिजति उमेर ढल्किँदै जान्छ काम गर्ने क्षमता कम हुने भएकोले आफू चाहेजति आम्दानी गर्न सकिन्न । त्यसैले कम उमेरमै घर किन्ने सोच उत्तम मानिन्छ ।

बेफाइदाहरु

धेरैजसो कम उमेरमा लोन लिएर घर किन्दा आफूसँग धेरै समय हुने भएकोले आरामले लोन चुक्ता गर्न सकिन्छ भन्ने सोच्छन् । तर यसमा समस्या पनि आउन सक्छ ।

१. यदि कुनै ठाउँमा जागिर खानुहुन्छ र १–२ वर्षमै छोड्नुपर्यो भने लोनको मासिक भुक्तानीमा समस्या आउन सक्छ । भलै २–४ महिना जागिर नपाएपछि यदि नियमित लोनको इएमआई तिर्न सकिने भने बैंकले खराब ऋणीको सूचीमा राख्न सक्छ ।

२. अर्को यदि कुनै कारणले घर किन्दा बैंकबाट लिएको लोनको किस्ता बुझाउन सकिएन भने बैंकले जस्तोसुकै कदम पनि उठाउन सक्छ । बैंकले घर लिलामी पनि राख्न सक्छ ।

३. कम उमेरमा अपरिपक्व तरिकाले बैंकबाट लोन लिन खोज्दा सुरुमा भुक्तान गर्नुपर्ने डाउन पेमेन्ट र त्यसपछि मासिक किस्ता टाउको दुःखाइको विषय बन्न सक्छ । यसले मासिक बजेट प्रभावित हुन सक्छ । अत्यावश्यक अवस्थाका लागि चाहिने बजेटका लागि अरुसँग हारगुहार गर्नुपर्ने अवस्था आउन सक्छ । 

सही योजना आवश्यक

यदि करिअरको सुरुआत अथवा कम उमेरमै घर किन्ने सोचमा हुनुहुन्छ भने पहिले आफ्नो वित्तीय स्थितिबारे विश्लेषण गर्न आवश्यक हुन्छ । घर किन्दा बैंकबाट कतिसम्म पैसा निकाल्ने, डाउन पेमेन्ट कति हुन्छ, मासिक किस्ता कति तिर्नुपर्छ, घर पास गर्दा कति खर्च लाग्छ ? यी सबै विवरण सूचीकृत गरी आफ्नो आम्दानीले भ्याउँछ भने मात्र घर किन्ने सोच बनाउनु उत्तम हुन्छ । त्यसैले हतार घर किनेर पछुताउनुभन्दा राम्रो वित्तीय योजना बनाएर घर किन्दा फाइदा हुन्छ । –एजेन्सी