काठमाण्डौ । जीवनमा स्वास्थ्य, शिक्षा र धनको निकै महत्व हुन्छ । हामी प्रायः स्वास्थ्य र शिक्षा निकै महत्वपूर्ण हो भनिरहेका हुन्छौँ तर वास्तावमा यी दुवै कुरा तबमात्र सरल र सहज सम्भव हुन्छ जब हामीसँग पर्याप्त धन हुन्छ। 

अझ हाम्रोजस्तो विकासोन्मुख देशमा कतिपय बालबालिका आर्थिक अवस्था कमजोर भएकै कारण शिक्षाबाट वञ्चित छन् भने कतिपय बिरामीले आर्थिक अवस्था कमजोर भएकै कारण स्वास्थ्यसेवा नपाई अनाहकमा ज्यान गुमाइरहनुपरेको उदाहरण प्रशस्तै छन् । 

एकातिर शिक्षा र स्वास्थ्यमा लगानी दिनप्रतिदिन बढिरहेको छ अर्कोतर्फ बेरोजगारीको अवस्थामा झनै भयावह बन्दै गएको छ । सरकारले स्वास्थ्य र शिक्षामा सहजतताका लागि विभिन्न नीति ल्याए पनि अनभिज्ञाता भनौँ वा पहुँच नपुग्दा आमजनतालाई ‘कागलाई बेल पाक्यो हर्ष न बिस्मात’ सहर भइरहेको छ । 

स्वास्थ्य र शिक्षाबारे जे–जस्ता धारण सार्वजनिक भइरहे पनि विकासोन्मुख मुलुकहरुमा धनले नै प्राथमिकता पाइरहेको छ । कतिपय मानिस छोटो समयमै मोटो धन कमाउने दाउमा लागिरहेका छन् भने कतिपयले दिनरात मेहनत गर्दा पनि दुई छाक टार्ने मेलो मिलाउन सकिरहेका छैनन् । 

अखिर किन त यस्तो परिस्थिति ? के थोरै र धेरै कामले सम्पत्ति वृद्धिमा फरक पर्ला त ? पक्कै होइन । 

आम नेपालीको अहिलेको समान सपना भनेकै कसरी करोडपति बन्ने भन्ने नै होला । करोडपति बन्नका लागि तपाइँको आम्दानी धेरै वा थोरै जे होस् फरक पर्दैन । फरक पार्छ त केवल तपाइँको बचत गर्ने शैलीले । 

यदि तपाइँले आफ्नो बचत गर्ने शैली सही तरिकाले अपनाउनुभएको छ भने तपाइँको करोडपति बन्ने सपना छोटो समयमै पूरा हुन सक्छ ।

छोटो समयमै करोडपति बन्ने सपना पूरा गर्न तीन कुरामा ध्यान दिनुहोस् : पहिलो– तपाइँ दीर्घकालीन बचत योजना बनाउनुहोस्, दोस्रो– आफूले बचत गरेको रकम राम्रो आम्दानी हुने ठाउँमा लगाउँदै जानुहोस् र तेस्रो– हरेक महिना पहिलेजति नै बचत गर्दै जानुहोस् । 

आउनुहोस्, यी कुरालाई यसलाई अझ विस्तारमा बुझौँ : 

दीर्घकालीन बचत 
तपाइँले लगातार पुँजी बचत गरिररहनुहोस् । त्यसलाई निश्चित दरमा आम्दानीमा हुने ठाउँमा लगानी गर्नुहोस् । यसरी तपाइँले आफ्नो बचत पुँजीमा दिन दुई गुना रात चौगुनाका दरले बढाउँदै लैजान सक्नुहुन्छ । यदि तपाइँले २० वर्षसम्म हरेक महिना ४ हजार रुपैयाँका दरले बचत गर्नुहुन्छ र बचतको रकममा वर्षको १२ प्रतिशत दरले आम्दानी हुन्छ भने २० वर्षपछि तपाइँसँग ३८ लाख ७३ हजार ५३८ रुपैयाँ जम्मा छ । यदि तपाइँ मासिक यति नै बचत ३० वर्षसम्म गर्नुभयो भने तपाइँले १ करोड २९ लाख ७४ हजार ४२ रुपैयाँ पाउनुहुन्छ । 

 

आम्दानीको दर
तपाइँ कति समयमा करोडपति बन्नुहोला ? यो कुरा तपाइँले गरेको बचतबाट हुन आउने आम्दानीको दरले पनि निर्धारण गर्छ । यदि तपाइँले गरेको बचतको आम्दानी दर वार्षिक २–३ प्रतिशत फरक परे पनि पछि जम्मा हुने पुँजमा निकै फरक आउन सक्छ । यदि तपाइँले ३० वर्षसम्म मासिक ३ हजार रुपैयाँ दरले बचत गर्नुभयो र त्यसमा वार्षिक १० प्रतिशतका दरले आम्दानी हुन्छ भने तपाइँले ३० वर्षपछि ६५ लाख १३ हजार ९६२ रुपैयाँ पाउनुहुन्छ । तर, यदि यति नै मासिक बचतमा वार्षिक १३ प्रतिशतका दरले आम्दानी गर्नुहुन्छ भने ३० वर्षपछि तपाइँको हातमा १ करोड १९ लाख २७ हजार ३४० रुपैयाँ हुनेछ । 

हरेक महिनाको बचत
करोडपति बन्ने सपना पूरा एउटा महत्वपूर्ण कुराले निकै असर गर्छ कि तपाइँ मासिक कति रकम बचत गर्न सक्नुहुन्छ । यदि तपाइँ मासिक जति अधिक रकम बचत गर्न सक्नुहुन्छ, त्यति नै कम समयमा तपाइँ करोडपति बन्न सक्नुहुन्छ । यदि तपाइँ मासिक ३ हजार २०० रुपैयाँ बचत गर्नुहुन्छ र वार्षिक आम्दानी १२ प्रतिशत गर्नुहुन्छ भने तपाइँसँग ३० वर्षपछि १ करोड ३ लाख ७९ हजार २३४ हुनेछ । अब हेर्नुहोस् यदि तपाइँको बचत रकम १ सयले बढाएर ३ हजार ३०० पुर्याउँदा वार्षिक १२ प्रतिशत आम्दानीले ३० वर्षपछि तपाइँको हातमा एक करोड ७ लाख ३ हजार ५७२ हुनेछ । 

कहाँ गर्ने बचत ?

तपाइँलाई थाहै भयो मासिक ३–४ हजार रुपैयाँ जम्मा गर्दा पनि हामी करोडपति बन्न सक्छौँ । अब कुरा आयो मासिक रकम बचत कहाँ र कसरी गर्ने ? जहाँबाट वार्षिक १२–१३ प्रतिशतसम्म आम्दानी होस् । तपाइँको बचत रकमबाट वार्षिक १२–१३ प्रतिशतसम्म आम्दानीका लागि राम्रो ठाउँ भनेको सेयर बजार नै हो । त्यहाँबाट तपाइँले सजिलै राम्रो आम्दानी गर्न सक्नुहुन्छ । अर्को भनेको इक्विटी म्युचल फन्डमा बचत गर्दा राम्रै आम्दानी गर्न सकिन्छ ।