काठमाण्डौ । कर्णाली प्रदेशका एक सांसदलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

कर्णालीका प्रदेशसभा सांसदलाई संक्रमण पुष्टि भएको त्यहाँको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

सोमबार साँझ संक्रमण पुष्टि भएका ती प्रदेश सांसद घरमै स्वास्थ्यकर्मीको निगरानीमा आइसोलेसनमा बसेका छन् भने उनका सम्पर्कमा आएकाहरुको खोजी गरी स्वास्थ्य तथा स्वाब परीक्षण गर्ने काम थालिएको छ । संक्रमित सांसदको अवस्था सामान्य रहेको बताइएको छ । 

यसैबीच, सुर्खेतस्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका एक थुनुवामा समेत संक्रमण पुष्टि भएको छ । जबरजस्ती करणी आरोपमा पक्राउ परेका ती युवामा संक्रमण देखिएपछि हिरासतकक्ष सिल गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ती थुुनुवालाई जिल्ला जनस्वास्थ्य कार्यालयको समन्वयमा आइसोलेसनमा राखिएको छ । उनको सम्पर्कमा आएका अन्य थुनुवा, आफन्त तथा प्रहरीहरुको स्वाब संकलन गरी परीक्षण गरिएकोमा २ प्रहरीमा समेत संक्रमण पुष्टि भएको छ ।