काठमाण्डौ । कर्णाली प्रदेशअन्तर्गतको सामाजिक विकास मन्त्रालयले एकैपटक ठूलो संख्यामा स्टाफ नर्स र अनमी पदका लागि दरखास्त आह्वान गरेको छ ।

मन्त्रालयले कर्णाली प्रदेशका स्थानीय तहका स्वास्थ्य संस्था नभएका वडाहरुमा कामकाज गर्ने गरी करारमा स्टाफ नर्स र अनमी भर्ना गर्न लागेको हो । मन्त्रालयले सामुदायिक कोटाअन्तर्गत स्टाफ नर्स ५९ जना र अनमी १४२ जना माग गरेको छ ।

स्टाफ नर्समा दरखास्त दिन मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरी नेपाल नर्सिङ परिषद्मा दर्ता भएको हुनुपर्नेछ । अनमी पदका लागि पनि मान्यता प्राप्त शिक्षण संस्थाबाट अनमी उत्तीर्ण यगरी नेपाल नर्सिङ परिषद्मा दर्ता भएको हुनुपर्ने छ । दुवै पदका लागि १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्ने छ ।

यी पदका लागि शैक्षिक योग्यता, अनुभवका साथै स्थानीयलाई प्राथमिकता दिइनेछ । उम्मेदवारले अनलाइनमार्फत आवेदन दिनुपर्नेछ । त्यसका लागि मन्त्रालयको वेबसाइट mयकम।पबचलबष्।िनयख।लउ मा गई कर्णाली स्वयंसेवक कार्यक्रममा क्लिक गरी अनलाइन भर्न सकिनेछ । अनलाइन दरखास्त दिँदा नेपाल नागरिकता, शैक्षिक योग्यता, अनुभव र काउन्सिलमा दर्ता भएको सक्कल प्रमाणपत्रहरु स्क्यान गरी संलग्न गर्नुपर्नेछ ।

इच्छुक उम्मेदवारले कात्तिक ७ गतेदेखि २१ दिनभित्र दरखास्त दिइसक्नुपर्नेछ ।