काठमाण्डौ । कर्णाली डेभलपमेन्ट बैंकको हकप्रदको भारी बोक्न तयार हुनुहुन्छ ? तपाई यो बैंकको सेयरधनी हुनुहुन्छ भने अब माघ ११ गतेदेखि हकप्रदको भारी बोक्ने तयारी थाल्नुहोस् । यो विकास बैंकले माघ ११ गतेदेखि १ कित्ता बराबर २.२५ कित्ताको दरले हकप्रद सेयर निश्कासन गर्ने भएको हो । 

सेयरधनीले फागुन १६ गतेभित्र तोकिएका स्थानमा गएर हकप्रद सेयर खरीदका लागि आवेदन दिनसक्ने सूचनामा उल्लेख छ । 

नेपालगञ्जमा मुख्य कार्यालय रहेको तीन जिल्ले यो विकास बैंकले १ सय रुपैयाँ अंकित दरका ३३ लाख ९५ हजार ५ सय कित्ता हकप्रद सेयर निश्कासन गर्न लागेको हो । 

हाल यो बैंकको चुक्तापूँजी १५ करोड १ लाख रुपैइाँ रहेको छ । हकप्रदपछि बैंकको चुक्तापुँजी बढी ४९ करोड ७ लाखको उचाई चुम्नेछ ।

हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकको काम प्रभूू क्यापिट लिमीटेडले गर्नेछ । 

इच्छुक सेयरधनीले प्रभूू क्यापिटल लिमीटेडको कमलादिस्थित मुख्य कार्यालय, कर्णाली डेभलपमेन्ट बैंकको मुख्य तथा सबै शाखा कार्यालयहरु, प्रभूू बैंकको विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल र धनगढीस्थित शाखा कार्यालयबाट हकप्रदका लागि आवेदन दिन सक्नेछन् ।

यो विकास बैंकको दोश्रो बजारमा अन्तिम कारोबार मूल्य प्रतिकित्ता १३७ रुपैयाँ रहेको छ ।