काठमाण्डौ । हिमालयन जनरल ईन्स्योरेन्स लिमीटेडले आप्mनो स्थापनाको २५औं वर्ष प्रवेशको अवसरमा काठमाण्डौको बबरमहल स्थित आप्mनै ३५ आना जग्गामा बनाईने कम्पनीको कर्पोरेट भवनको प्रारुप छनौट गरेको छ । 

कम्पनीले सोसाईटि अफ नेप्लीज आर्किटेक्टस्(सोना) मार्फत भवन प्रारुप प्रतियोगिता आह्वान गरेका थियो । सानेपास्थित समिट होटलमा आयोजित कार्यक्रममा नेपाल ईञ्जिनियरिङ काउन्सिलमा दर्ता भएका सोसाईटि अफ नेप्लीज आर्किटेक्टस् (सोना)का सदस्य आर्किटेक्ट फर्म तथा व्यक्तिहरुबाट प्राप्त विभिन्न १९ वटा प्रारुपहरुमध्येबाट लाईन वर्क आर्किटेक्टबाट पेश भएको प्रारुप उत्कृष्ट घोषणा भयो भने ईनोभेटिभ डिजाईन कन्सर्न प्रा.लि. र मल्टि डिसिप्लिनरि कन्सल्टेन्टस् प्रा.लि.ले सान्त्वना पुरुस्कार प्राप्त गर्न सफल भयो । 

कम्पनीका संस्थापक अध्यक्ष राजकृष्ण श्रेष्ठले उत्कृष्ट प्रारुपलाई रु १ लाख ५० हजार र सान्त्वना पुरस्कार विजेतालाई जनही रु ५० हजार नगद र प्रमाण पत्र प्रदान गरेका थिए ।

सबै सहभागी प्रतियोगीहरुलाई सोसाईटि अफ नेप्लीज आर्किटेक्टस्(सोना)का पूर्व अध्यक्षहरुबाट प्रमाण पत्र प्रदान गरिएको थियो । 

कार्यक्रममा सोसाईटि अफ नेप्लीज आर्किटेक्टस् (सोना)का महासचिव आर्किटेक्ट सुदिप शर्मा पौडेलले प्रारुप प्रतियोगिता आयोजना गर्न पाएकोमा खुशी व्यक्त गर्दै हिमालयन जनरल ईन्स्योरेन्सले डिजाईन प्रतियोगिता मार्फत आफ्नो भवनको प्रारुप छनौट गर्दै बीमा क्षेत्रमा नयाँ परम्परा शुरु गरेको बताए । 

कार्यक्रममा बोल्दै कम्पनीका कार्यकारी अधिकृत सुशील बज्राचार्यले उत्कृष्ट डिजाईनरलाई प्रिन्सिपल आर्किटेक्टका रुपमा भवनको विस्तृत डिजाईन कार्यमा समेत संलग्न गराई आगामी २ वर्षमा निर्माण कार्य सम्पन्न गर्ने योजना रहेको र भवन तयार भएपछि सो भवन काठमाण्डौको एक ल्याण्डमार्कका रुपमा स्थापित हुने विश्वास व्यक्त गरे ।

प्रारुप प्रतियोगिता सफल बनाउन संलग्न सोना र निर्णायक मण्डल लगाएत सबैलाई धन्यवाद दिंदै कम्पनीले आप्mनो २५औं वर्ष प्रवेशका अवसरमा घोषणा गरेको सामाजिक दायित्वका लक्ष्य अनुरुप यस डिजाईन प्रतियोगिताले नेपालका नवोदित युवा आर्किटेक्टहरुलाई आप्mनो प्रतिभा देखाउन समान अवसर प्रदान गरेकोमा खुशी व्यक्त गरे ।