काठमाण्डौ । काठमाण्डौमा जारी माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगिताअन्तर्गत मुख्य प्रयोजक माछापुच्छ्रे बैंक प्रि क्वाटर फाईनल प्रवेश गरेको छ ।
तेस्रो दिनको खेल अन्र्तगत माछापुच्छ्रे बैंकले सनराईज बैंकलाई ४ विकेटले पराजित गरी प्रि क्वाटर फाईनलमा प्रबेश गरेको हो । क्वाटरफाईनल प्रबेशको लागि माछापुच्छ्रे बैंकले अब मंगलबार प्राईम कर्मशियल बैंकसँग प्रतिस्पर्धा गर्नेछ ।
काठमाण्डौको कीर्तिपूरस्थित त्रिभुवन अन्र्तराष्ट्रिय क्रिकेट रंगशालामा शनिबारदेखि संचालन भईरहेको माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगितामा फागुन ७ गते बुधबारसम्म चल्ने प्रतियोगितामा मंगलबार प्रि क्वाटर फाईलन तथा क्वाटर फाईनलका खेलहरु हुनेछन् भने अन्तिम दिन बुधबार सेमिफाईनल तथा फाईनल खेलहरु हुनेछन् ।