काठमाण्डौ । सांस्कृतिक संस्थानले स्थायी पदपूर्ति हुने गरी विभिन्न पदमा कलाकार र केही अन्य कर्मचारी मागेको छ । 

विभिन्न क्षेत्रमा कलाकारिता गरिरहेका १० पासदेखि व्यवस्थापन विभागमा स्नातक उत्तीर्णसम्मले आवेदन दिन मिल्ने गरी दरखास्त आह्वान गरिएको हो । 

संस्थानले १९ पदमा २४ जनाका लागि जागिरको अवसर खुलाएको छ । सहायक लेखाअधिकृतदेखि गायन कलाकारसम्मको पदमा दरखास्ता आह्वान गरिएको हो । 

छैठो तहमा स्थायी पदपूर्ति हुने गरी लेखा अधिकृत, प्रशासन अधिकृत, गायन प्रबन्धक, सहायक संगीत प्रबन्धक र सहायक नाटक प्रबन्धक मागिएको छ । यी सबै पदमा सम्बन्धित बिषयमा स्नातक उतीर्ण भएको हुनुपर्नेछ । 

यस्तै, पाँचौ तहका लागि कम्प्युटर अपरेटर, प्रथम लेखापाल, ध्वनी व्यवस्थापक, भण्डार सहायक, हल सहायक, नृत्य कलाकार, वाद्यवादन कलाकार, गायन कलाकार र नाटक कलाकार पनि मागिएको छ । यी सबै पदमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण भई सम्बन्धित बिषयमा ज्ञान भएको हुनुपर्नेछ । 

चौथो तहमा काम गर्ने गरी प्रशासन, प्रकाश उपव्यवस्थापक, नृत्य कलाकार र गायन कलाकार मागिएको छ । यी पदहरुमा एसएलसी उत्तीर्णले दरखास्त दिनसक्ने बताइएको छ । 

यी सबै पदमा फागुन १० गतेको मितिदेखि ३० दिनभित्र र दोब्बर दस्तुुर तिरी थप ७ दिनभित्र दरखास्त दिन सकिने व्यवस्था मिलाइएको छ । 

बाँकी जानकारीका लागि दरखास्त आह्वान सम्बन्धी निम्न सूचना हेर्नुहोस् :