काठमाण्डौ । नेपाल राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले आज एक समारोहका बीच आर्थिक वर्ष २०७६/७७ का लागि मौद्रिक नीति सार्वजनिक गरेका छन् । 

लाजिम्पाटस्थित होटल र्याडिसनमा एक कार्यक्रमको आयोजना गरी मौद्रिक नीति सार्वजनिक गरिएको हो । 

मौद्रिक नीतिले सरकारले बजेटमार्फत लिएको ८.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने र मुद्रास्फितिलाई ६ प्रतिशतभित्रै कायम गर्ने लक्ष्यतर्फ बढी केन्द्रीत भएको छ । 

यसपटक विशेष चासोका साथ हेरिएको बैंकहरुको मर्जरको विषय समेत मौद्रिक नीतिमा आएको छ । तर, चर्चा परिचर्चा हुने गरेजस्तो फोर्स मर्जरको नीतिलाई गभर्नर डा. नेपालले छाडेका छन् । उनी सहुलियत लिएर मर्जरका लागि प्रोत्साहन गर्ने नीतिमा सहमत भई प्रस्तुत भएका देखिएको छ । 

बैंकहरुले मर्जरका लागि प्रयास गरे र ०७७ असार मसान्तभित्र एकीकृत कारोबार सुरु गरेमा विभिन्न सहुलियत पाउने घोषणा गरिएको छ । 

मौद्रिक नीतिले लघुवित्त कम्पनीहरुबीचको मर्जरलाई समेत जोड दिएको छ । मर्जरमा जाने लघुवित्त कम्पनीहरुका लागि समेत विशेष प्याकेज घोषणा गरिएको छ । 

वासेल थ्री लागू गर्ने विषयमा महत्वपूर्ण घोषणा भएको छ भने बैंकहरुलाई विदेशी बैंकबाट मात्र होइन, अन्य संस्थाबाट समेत ऋण भित्र्याउन सकिने सुविधा नीतिगत रुपमै ल्याइएको छ । 

बजेटले उल्लेख गरेजस्तो सुनचाँदी निक्षेपको रुपमा राखेर ब्याज पाइने व्यवस्थाका लागि कार्यविधि बनाइने घोषणा मौद्रिक नीतिमा गरिएको छ भने ब्याजदर स्थायीत्व, तरलता व्यवस्थापन लगायतको विषयमा समेत केही खास व्यवस्था आएका छन् । 

यसपटकको मौद्रिक नीति समग्रमा कस्तो छ त ? हेर्नुहोस् पूर्ण पाठ: