काठमाण्डौ । नेपाली बजारमा यो साता सुनको भाउ २०० रुपैयाँले मात्र घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो साता पहिलो कारोबार दिन आइतबार प्रतितोला छापावाल सुन ७५ हजार रुपैयाँ र तेजाबी सुन ७४ हजार ७०० रुपैयाँ रहेकोमा अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला छापावाल सुन ७४ हजार ८०० र तेजाबी सुन ७४ हजार ५०० रुपैयाँमा झरेको हो ।

यद्यपि अघिल्लो दिनको तुलनामा शुक्रबार सुनको भाउ तोला १०० रुपैयाँले बढेको छ । हिजो बिहीबार सुनको भाउ प्रतितोला छापावाल ७४ हजार ७०० र तेजाबी सुन ७४ हजार ४०० रुपैयाँ रहेको थियो ।

यो साता पहिलो कारोबार दिन आइतबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो । त्यसपछि सोमबार फेरि सुनको भाउ तोलमा २०० रुपैयाँले घटेकोमा मंगलबार एकैपटक तोलामा ८०० रुपैयाँको गिरावट आएको थियो।

यो साता कारोबारको चौथो दिन बुधबार सुनको भाउ तोलामा पुनः एकैपटक ७०० रुपैयाँले बढेर प्रतितोला छापावाल सुन ७४ हजार ७०० रुपैयाँ र तेजाबी सुन ७४ हजार ४०० रुपैयाँ कायम भएको थियो । बिहीबार भने सुनको भाउ स्थिर रह्यो ।

चाँदीको भाउ पनि यो साता स्थिर रह्यो । पहिलो कारोबार दिन आइतबार चाँदी प्रतितोला ८९० रुपैयाँ रहेकोमा अन्तिम कारोबार दिन शुक्रबार पनि ८९० रुपैयाँ नै कायम भयो ।