काठमाण्डौ । मान्छेको दिमागमा दुई किसिमका रसायनिक तत्व हुन्छन् । एउटा दिमागलाई स्टिमुलेन्ट (उत्तेजित) गर्ने र अर्को डिप्रिसेन्ट (सिथिल) गर्ने । हामीले खाएका कुरा पहिले पेटमा पुग्छ र केही बेरपछि दिमागको सम्पर्कमा आउँछ । अनि खाएको चिजअनुसार दिमागका दुई रसायनिक तत्वले प्रभाव पैदा गर्दछ ।

भाङ खाँदा स्टिमुलेन्ट भएर आउँछ, मै हुँ भन्ने भाव पैदा गराउँछ । थ्रेसहोल्ड कम भयो र स्टिमुलेन्ट बढी भयो भने उत्तेजित हुन्छ । डिप्रिसेन्ट बढी भयो भने शिथिल बनाउँछ ।

मस्तिष्कमा क्यानाविनोइड भन्ने रसायन पनि हुन्छ । गाँजामा पनि ६० भन्दा धेरै प्रकारका अलग अलग क्यानाविनोइड पाइन्छन् । गाँजा सेवनपछि ती क्यानाविनोइड मस्तिष्कमा पुग्छन् । गाँजाको धेरै रसायनमध्ये टेट्राहाइड्रोक्यानाविनोइड (टिएचसी) को भूमिका हँसाउन र रुवाउनमा बढी हुन्छ ।

यो रसायनले मस्तिष्कको बाहिरी वातावरणसँगको प्रभाव कम गराएर आफ्नो प्रभाव मस्तिष्कमा हावी गराउँछ । यस्तो बेला मान्छे जुन मुडमा छ, त्यही मुडमा निरन्तर भइरहन्छ । जस्तै हाँस्यो भने हाँसेको हाँस्यै गर्ने र रोयो भने रोएको रोयै गर्ने आदि ।

गाँजा भाङ धतुरो तीनै चिज सेवन गरेको सुरुवाती समयमा आनन्द पैदा गर्छ । केही बेरपछि फरक फरक असर देखाउन थाल्छ । त्यसैले यस्ता लागू औषधको निरन्तर प्रयोग नसाका लागि निकै हानिकारक हुन्छ । यो खबर आजको नयाँपत्रिकामा छापिएको छ ।