काठमाण्डौ । स्थानीय तहको निर्वाचनमा मतदानका लागि नुवाकोटमा आएको मतपत्र एक सातादेखि विदुरमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कडा सुरक्षा घेराबीच राखिएको छ ।

सदरमुकाम विदुरमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कडा सुरक्षा घेराबीच आएका मतपत्रको उचित अवस्थाका सम्बन्धमा गणना गरिसकेर मतदानस्थल पठाउने तयारी हुँदैछ ।

मतदान केन्द्रमा खटिने र कार्यालयमा रहने सम्पूर्ण कर्मचारीको नियुक्तिको दुई दिनपछि मतपत्र मतदान केन्द्रमा पठाइने मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश लोकजंग शाहले बताए ।

उता म्याग्दीमा वडाध्यक्षका उम्मेदवार अपहरणमा परेका छन् । बेनी नगरपालिका ३ भकिम्तीमा कांग्रेसको तर्फबाट वडाध्यक्षका उम्मेदवार घोषित क्या. जसबहादुर पुन सोमबार बिहान ११ बजेदेखि अपहरणमा परेका हुन् । यो खबर आजको अन्नपूर्णमा छापिएको छ ।