काठमाण्डौ । देशकै पुरानो काठमाण्डौ महानगरपालिकाको समेत पछिल्लो मतपरिणाम आएको छ । जस अनुसार एमालेका मेयरका उम्मेद्वार विद्यासुन्दर शाक्य निकटतम प्रतिद्वन्द्वीभन्दा २४ सय बढी मतले अगाडि बढेका छन् । 

शाक्यले ६६४८ मत ल्याएका छन् भने कांग्रेसका मेयरका उम्मेद्वार राजुराज जोशीले ४२२१ मत मात्र प्राप्त गरेका छन् । तेश्रो स्थानमा विवेकशीलकी रञ्जु दर्शनाले २७५० मत प्राप्त गरेकी छिन् । साझा पार्टीका किशोर थापा १९९९ मतसहित चौथो स्थानमा छन् । 

उपमेयरमा कांग्रेसकी हरिप्रभा खड्गी ५६८७ मतसहित अग्रस्थानमा छिन् । उनलाई ३७३८ मतसहित राप्रपाका राजाराम श्रेष्ठले पछ्याइरहेका छन् ।