काठमाण्डौ । काठमाण्डौको जोरपाटीस्थित काठमाण्डौ मेडिकल कलेजका ४ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार मंगलबार बिहान आएको पीसीआर रिपोर्टमा ती ४ स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको हो । 

संक्रमितमध्ये ३ महिला र एक पुरुष रहेका छन् । उनीहरुको उमेर २४ देखि ३२ वर्षसम्म रहेको छ ।