काठमाण्डौ । काठमाण्डौ उपत्यकाका २ जिल्लामा थप ५ जनामा कोरोना संक्रमण देखिएको छ । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार काठमाण्डौ महानगरपालिका ४ जना र भक्तपुरको कमल विनायकका एकजना गरी ५ जनामा संक्रमण पुष्टि भएको हो । 

काठमाडौंका ३१ र ३५ वर्षीया महिला र ३६ र ४६ वर्षीय पुरूषमा संक्रमण देखिएको छ । 

भक्तपुर कमलविनायककी ३१ वर्षीया महिलामा समेत संक्रमण पुष्टि भएको हो ।