काठमाण्डौ । काठमाण्डौ उपत्यकामा पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमित थपिएका छन् । 

स्वास्थ्य मन्त्रालयका अनुसार पाटन अस्पतालको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा काठमाण्डौका ४ र ललितपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

काठमाण्डौमा थपिएका संक्रमितमध्ये २ महिला र २ पुरुष रहेका छन् भने ललितपुरका संक्रमित पुरुष रहेका छन् । 

यसैगरी, शिक्षण अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा भक्तपुरका १ महिला र ३ पुरुष गरी ४ जनामा संक्रमण फेला परेको छ।