काठमाण्डौ । पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा ६१८ कोरोना संक्रमित थपिएका छन् । 

उपत्यकाका तीन जिल्लामा सबैभन्दा बढी अरु दिनको झै काठमाण्डौ जिल्लामा संक्रमित फेला परेका छन् । काठमाण्डौमा मात्रै २४ घण्टाको अवधिमा ५०७ जना संक्रमित थपिएका हुन् । 

यसैगरी, भक्तपुरमा ५० र ललितपुरमा ६१ संक्रमित थपिएका छन् । 

यो दिन धेरै कोरोना संक्रमित फेला परेका जिल्लाहरुमा मोरंग(९४), सुनसरी(५४), चितवन(१०१), मकवानपुर(६३) रहेका छन् । 

पछिल्लो २४ घण्टामा निधन भएका ४ संक्रमितमध्ये ३ महिला र एक पुरुष छन् । मृतक महिलाहरु मोरंग(६४ वर्षीया), चितवन(३६) र कैलाली(५७) रहेका छन् भने मृत्यु हुने एक पुरुषमा काठमाण्डौको ८७ वर्षीय रहेका छन् ।