काठमाण्डौ । अब काठमाण्डौ बाहिरका प्रमुख शहरहरुमा समेत २० वर्ष पुराना यातायातका साधन विस्थापित गरिने भएको छ । 

अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार आगामी आर्थिक वर्षका लागि बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्दै केही समयअघि काठमाण्डौबाट २० वर्ष पुराना गाडी विस्थापित गरिएको र यो अभियान देशका मुख्य शहरहरुमा समेत बिस्तार गरिने जानकारी दिएका हुन् । 

देशका मुख्य शहरहरु जस्तै, विराटनगर, धरान, इटहरी, पोखरा, धनगढी, नेपालगञ्ज, वीरगञ्ज लगायतमा यो नियम लागूू हुनेछ । यसको अर्थ अब ती शहरहरुबाट समेत २० वर्ष पुराना सवारी साधन विस्थापित हुनेछन् ।