काठमाण्डौ । सञ्चालनको १९औ वर्षसम्म आईपुग्दा २००० भन्दा बढी दक्ष प्राविधिकहरु उत्पादन गरिसकेको काठमान्डौ इन्स्टिट्युट अफ टेक्नोलोजी एक विश्वासिलो शैक्षिक संस्था  र मर्मत तथा सम्भार कार्यमा एक विश्वासिलो नाम बन्न सफल हेरचार डटकम बीच  सम्झौता भएको छ ।

सम्झौताअनुसार हेरचारले काठमान्डौ इन्स्टिट्युट अफ टेक्नोलोजीका विद्यार्थीहरुलाई अझ सक्षम र दक्ष बनाउनको लागि इन्टर्नको व्यवस्था गरेको छ भने काठमान्डौ इन्स्टिट्युट अफ टेक्नोलोजीमा अबका दिनहरुमा आइपर्ने मर्मत तथा संम्भार सम्बन्धी कार्यहरुको सेवा हेरचारले दिने व्यवस्था गरेको उल्लेख गरिएको छ ।

५ वर्ष भित्रमा ५०० भन्दा बढी युवाहरुलाई देशमै रोजगारी दिने लक्ष्य लिएर हिडेको हेरचारले दक्ष प्राविधिकहरु उत्पादन गरिरहेको एक विश्वासिलो शैक्षिक संस्था काठमान्डौ इन्स्टिट्युट अफ टेक्नोलोजीसंगको सम्झौताले थप उर्जा प्रदान गरेको हेरचारका प्रबन्धक उत्सव भट्टराईले बताए । आफ्नो संस्थाबाट प्राविधिक सम्बन्धी शिक्षा हासिल गरी हेरचार जस्तो एक प्रतिष्ठित संस्थामा आफ्ना विद्यार्थिहरुलाई इन्टर्न गराई विद्यार्थीहरुको रोजगारीको बाटो अझ सुनिश्चित गराउन पाउ“दा आफुलाई धेरै खुसि लागेको काठमान्डौ इन्स्टिट्युट अफ टेक्नोलोजिका प्रबन्ध निर्देशक सुनिल कुमार चालिसेले बताए ।

सञ्चालनको दुई वर्षको छोटो अवधिमै नेपालका ठुलाठुला बैङ्क, इन्सोरेन्स, व्यापारिक घरानाहरुसहित व्यक्तिगत घरहरु गरी १००० भन्दा वढी ग्राहकहरुलाई सेवा प्रदान गरिसकेको हेरचार डटकम को युवाहरुलाई स्वदेशमै रोजगारीको व्यवस्था गर्ने लक्ष्यमा काठमान्डौ इन्स्टिट्युट अफ टेक्नोलोजी जस्तो एक प्रतिष्ठित संस्थाको साथले हौसला  प्रदान गरेको प्रबन्धक भट्टराईले वताए ।