काठमाण्डौ । गुहेश्वरी मर्चेण्ट बैकिङ एण्ड फाइनान्स लिमीटेडले आगामी कात्तिक १२ गतेदेखि १० बराबर ४ को अनुपातमा हकप्रद सेयरको निश्कासन गर्ने भएको छ । 

यो कम्पनीले आइतबार एक सूचना जारी गर्दै कात्तिक १२ गतेदेखि निश्कासन हुने हकप्रदमा सेयरधनीले मंसिर १८ गतेभित्र तोकिएका स्थानमा गई हकप्रदका लागि आवेदन दिनुुपर्ने जनाएको हो । 

फाइनान्सले १०० रुपैयाँ अंकित मूूल्यका कुल १९ लाख ७३ हजार ९ सय २८.७७ कित्ता हकप्रद बिक्री गर्नेछ। 

हाल यो कम्पनीको चुक्तापूँजी ४९ करोड ३४ लाख रहेको छ । हकप्रद निश्कासन गरी बाँडफाँड गरेपछि चुक्तापूँजी बढेर ६९ करोड  ८ लाखको उचाईमा पुुग्नेछ । फाइनान्सको अधिकत पूँजी ८० करोड र जारी पूँजी ६९ करोड ८ लाख रुपैयाँ रहेको छ । 

ललितपुरको पुल्चोकस्थित हरिहरभवनमा केन्द्रीय कार्यालय रहेको यो फाइनान्सले आर्थिक वर्ष २०७३/७४ मा १२ करोड ९२ लाख खूद नाफा आर्जन गरेको थियो । यो अवधिमा यसको प्रतिसेयर आम्दानी ३४.९३ रुपैयाँ रहेको थियो । 

कहाँबाट दिने आवेदन ?
गुहेश्वरी मर्चेण्ट बैकिङ एण्ड फाइनान्स लिमीटेडको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल क्यापिटल मार्केट्स लिमीटेडले गर्नेछ । यो फाइनान्सका सेयरधनीले बिक्री प्रबन्धकको काठमाण्डौ लाजिम्पाटस्थित मुख्य कार्यालय, गुहेश्वरी मर्चेन्टका सबै कार्यालयहरु त्था नेपाल इन्भेष्टमेन्ट बैंकका पोखरा, विराटनगर, नारायणगढ, नेपालगञ्ज र धनगढीस्थित शाखा कार्यालयमा गई हकप्रदको आवेदन दिनसक्ने व्यवस्था मिलाइएको छ ।