काठमाण्डौ । भार्गव विकास बैंकले आगामी कात्तिक २४ देखि १० बराबर ८ को अनुपातमा हकप्रद सेयरको निश्कासन गर्ने भएको छ । 

यो बैंकले बुधबार एक सूचना प्रकाशित गर्दै १०० रुपैयाँ अंकित मूल्यका कुल २१ लाख १२ हजार कित्ता हकप्रद निश्कासन हुने जानकारी दिएको हो । 

कात्तिक २४ गतेदेखि भार्गव विकास बैंकका सेयरधनीले हकप्रद सुरक्षित गर्न मंसिर २८ गतेभित्र आवेदन दिइसक्नुुपर्नेछ । 

हकप्रदका लागि बुक क्लोजको मिति कात्तिक १५ लाई तोकिएको छ । यसको अर्थ कात्तिक १४ गतेसम्म यो बैंकको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरुले मात्र हकप्रदका लागि आवेदन दिन पाउनेछन् । 

भार्गवको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटलले गर्नेछ । इच्छुक सेयरधनीले एनएमबी क्यापिटलको काठमाण्डौ नागपोखरीस्थित मुख्य कार्यालय, भार्गव विकास बैंकका सबै शाखा कार्यालय र एनएमबी बैंकका सबै शाखा कार्यालयमा गएर हकप्रदका लागि आवेदन दिनसक्नेछन् । 

हाल भार्गव विकास बैंकको चुक्तापूँजी २६ करोड ४० लाख रुपैयाँ रहेको छ । ८० प्रतिशत हकप्रदपछि बैंकको चुक्तापुँजी वृृद्धि भई ४७ करोड ५२ लाखको उचाईमा पुुग्नेछ ।