काठमाण्डौ । कात्तिक महिना लागेयता सुनको भाउ घटेको घट्यै छ ।

कात्तिक १ गते शुक्रबारदेखि ५ गते मंगलबारसम्म सुन तोलामा ४०० रुपैयाँले घटेको छ । कात्तिक १ गते शुक्रबार सुन प्रतितोला छापावाल ७० हजार ६०० रुपैयाँ र तेजाबी ७० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

कात्तिक ३ गते आइतबार प्रतितोला २०० रुपैयाँले घटेर छापावाल सुन ७० हजार ४०० रुपैयाँ र तेजाबी ७० हजार १०० रुपैयाँमा झर्यो । कात्तिक ४ गते सोमबार भने सुनको भाउ स्थिर रहँदै प्रतितोला छापावाल ७० हजार ४०० रुपैयाँ र तेजाबी ७० हजार १०० रुपैयाँमै कारोबार भएको थियो ।

आज कात्तिक ५ गते मंगलबार पुनः तोलामा २०० रुपैयाँले घटेर सुन प्रतितोला छापावाल ७० हजार २०० रुपैयाँ र तेजाबी ६९ हजार ९०० रुपैयाँ कायम भएको छ ।

उता चाँदीको भाउ भने कात्तिक महिना लागेयता स्थिर छ । चाँदीको भाउ कात्तिक १ गतेदेखि ५ गतेसम्म आइपुग्दा तोलाको ८५० रुपैयाँ नै कायम छ ।