काठमाण्डौ । काबेली विकास बैंकले सेयरधनीले नकिनेको सेयर मंसिर १९ गतेदेखि लिलामीमा राख्ने भएको छ । यो बैंकले सर्वसाधारण समूहतर्फको १२ हजार ५ सय ८७ कित्ता अबितरित सेयर लिलामीबाट बिक्री गर्ने भएको हो । 

इच्छुक लगानीकर्ताले मंसिर २९ गतेभित्र तोकिएका स्थानमा गई शिलबन्दी बोलपत्र पेश गर्न सक्ने बैंकले प्रष्ट्याएको छ । 

काबेली विकास बैंक लिमीटेडले भदौ १८ गतेदेखि कात्तिक १५ गतेसम्म हकप्रदको बिक्री खुलाएकोमा सो क्रममा बिक्री नभएको सर्वसाधारण समूहतर्फको १२ हजार ५ सय ८७ कित्ता नै अहिले लिलामीबाट बिक्री गर्न लागेको हो । 

इच्छुकले प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ मूल्य राखी, न्यूनतम १०० कित्ताकासम्मका लागि आवेदन दिनसक्ने व्यवस्था मिलाइएको छ । 

कहाँबाट दिने आवेदन ?
यो बैंकको अबितरित सेयरको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमीटेड रहेको छ । इच्छुक लगानीकर्ताले बिक्री प्रबन्धकको जमलस्थित मुख्य कार्यालय, ग्लोबल आइएमई बैंक लिमीटेडका वीरगञ्ज, विराटनगर, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीस्थित शाखा कार्यालयबाट समेत आवेदन दिन सक्नेछन् । 

यो बैंकको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ३०० रुपैयाँ रहेको छ ।