काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो नौ महिनाको अवधिमा काबेली विकास बैंकको नाफा उल्लेख्य रुपमा  कमी आएको छ । बैंकले आइतबार प्रकाशन गरेको तेस्रो त्रैमासिक अवधिको प्रगति विवरण अनुसार करीव ३५ प्रतिशत नाफा घटेको देखिएको हो । गतवर्ष १ कराेड ७९ लाख खुद नाफा अार्जन गरेकाे बैँकले यस वर्ष १ कराेड १६ लाख मात्र अार्जन गर्न सकेकाे हाे । 

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४ करोड १ लाखमा सीमित भएको छ । गत वर्ष यही अवधिमा बैंकले ४ करोड २ लाख खुद ब्याज आम्दानी गरेको थियो । 
बैंकको सञ्चालन मुनाफामा समेत कमी आएको छ । गत वर्ष २ करोड ७४ लाख सञ्चालन मुनाफा आर्जन गरेको बैंकले यस वर्ष १ करोड ७६ लाख मात्र सञ्चालन मुनाफा आर्जन गर्न सेकेको छ । 

बैकमा खराब कर्जा अनुपात समेत वृद्धि भएको देखिएको छ । खराब कर्जा बढेर ३ दशमलव ९४ प्रतिशत पुगेको छ । प्रतिशेयर आम्दानी १३ दशमलव ५८ कायम भएको बैंकको प्रतिशेयर नेटवर्थ १ सय ५३ दशमलव ८६ रुपैैया कायम भएको छ । 

६१ करोड ८३ लाख कर्जा प्रवाह गरेको बैंकले ६२ करोड ७७ लाख निक्षेप संकलन गरेको छ । बैंकको चुक्ता पूजी ११ करोड ४७ लाख पुगेको छ भने ६ करोड १८ लाख जगेडा कोष रहेको छ ।