काठमाण्डौ । काबेली विकास बैंक लिमीटेडले सेयरधनीलाई निकै आकर्षक बोनस सेयरको प्रस्ताव गरेको छ । 

बैंकको भदौ १७ गते बसेको संचालक समितिको २१५ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट चुक्तापूँजीको ३५ प्रतिशतको दरले बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । 

हाल यो कम्पनीको चुक्तापूँजी २१ करोड ५ लाख ९० हजार ४ सय रुपैयाँ रहेको छ । यो हिसाबले कम्पनीले ७ करोड ३७ लाख ६ हजार ६ सय ४० रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ । बोनस सेयर वितरणपछि कम्पनीको चुक्तापूँजी २८ करोड ४३ लाख माथि पुग्नेछ । 

प्रस्तावित बोनस सेयरबापत नेपाल सरकारलाई भुक्तानी गर्नुपर्ने कर रकम आयकर ऐन २०५८ दफा ४१(क)को उपदफा(४) बमोजिम गाभिई निःसर्ग भएको निकायले गाभिएको मितिले २ वर्षभित्र गाभिएको अवस्थामा कायम रहेका सेयरधनीलाई वितरण गरेको लाभांशमा कर लाग्ने नभएकोले प्रस्तावित बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि नगद लाभांशको प्रस्ताव नगरिएको बैंकले प्रष्ट्याएको छ ।