काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमीटेडले काभ्रेपलाञ्चोकको भण्डन देउपुर नगरपालिका वडानम्बर ६ को सिपाघाटमा नयाँ शाखा बिस्तार गरेको छ । 

शुक्रबार एक समारोहका बीच सूचना तथा संचारमन्त्री तथा बैंकका पूर्व संचालक मोहनबहादुर बस्नेतले सो शाखा कार्यालयको उद्घाटन गरेका बैंकले विज्ञप्तिमार्फत जनाएको छ । 

बैंक संचालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहलाई सम्बोध नगर्दै प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले सिपाघाट क्षेत्रमा बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले शाखा विस्तार गरिएको प्रष्ट्याए ।

सो अवसरमा मण्डन देउपुर नगरपालिकाका प्रमुख एवं स्थानीय निकायका जनप्रतिनिधिहरुले एनसीसी बैंकको शाखा स्थापनाको स्वागत गर्दे बैंक तथा सिपाघाट क्षेत्रका सर्वसाधारणहरु बीच सुमधुर सम्बन्ध रहने विश्वास व्यक्त गरेका थिए ।