काठमाण्डौ । अब कामना सेवा विकास बैंकले पनि एप्लीकेसन सर्पोटेड बाई ब्लक्ट अमाउण्ट(आस्वा) सेवालाई निःशुल्क बनाएको छ । 

बैंकले बिहीबार एक सूचना प्रकाशित गर्दै आफ्ना सबै ४० वटै शाखा कार्यालयबाट आस्वा सुविधा निःशुल्क उपलब्ध हुने  जनाएको हो । यसअघि यो बैंकले आस्वा सेवा लिंदा सामान्य शुल्क लिन्थ्यो। 

कामना सेवा विकास बैंक अगाडि अधिकांश बैंक तथा बित्तीय संस्थाले यो सेवालाई निःशुल्क बनाइसकेका छन् ।