काठमाण्डौ । कामना सेवा विकास बैंकले आगामी कात्तिक १ गते बुधबारका दिन विशेष साधारणसभा बोलाएको छ । 

यो बैंकले नेपाल राष्ट्रबैंकले तोकेको समयभित्र तोकिएको चुक्तापूँजी पुर्याउन हकप्रद निश्कासनको प्रस्ताव पारित गर्न विशेष साधारणसभा आह्वान गरेको हो । 

असोज ९ गते बसेको  संचालक समितिको २३६ औं बैठकले पोखराको बिरौटास्थित होटल पोखरा ग्राण्डमा साधारणसभा बोलाउने निर्णय गरेको थियो ।

साधारणसभामा १० बराबर १ कित्ताको अनुपातमा हकप्रद निश्कासनको प्रस्ताव पेश हुने बैंकले जारी गरेको सूचनामा उल्लेख छ । 

हाल बैंकको चुक्तापूँजी २ अर्ब ६ करोड रुपैयाँ रहेको छ । हकप्रदपछि चुक्तापूँजी २ अर्ब २६ करोड ९० लाख पुुग्नेछ । 

विशेष साधारणसभामा बैंकको रजिष्टर्ड(केन्द्रीय) कार्यालय पोखराको लेखनाथ ८ बाट काठमाण्डौ ३०, ज्ञानेश्वरमा स्थानान्तरणको प्रस्ताव समेत पेश हुने बताइएको छ ।