काठमाण्डौ । कामना सेवा विकास बैंकले बुधबारदेखि आफ्नै कामना सेवा रेमिटको सुरुवात रेको छ । 

बैंकका अध्यक्ष सुदीप आचार्य, संचालक विश्वेश्वर सुवेदी र प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले एक समारोहका बीच संयुक्त रुपमा सो सेवाको शुभारम्भ गरेका हुन् ।

विविध विशेषताहरुसहित आफ्ना सम्पूर्ण शाखा तथा देशभरका करिब ७,५०० एजेन्टस्मार्फत यो सेवा प्रदान गर्न लागिएको बैंकले जनाएको छ । 

कामना सेवा रेमिटको प्रयोगबाट सम्पूर्ण ग्राहकहरुले सुरक्षित, भरपर्दो, सरल तथा सुलभ तवरले विप्रेषण सेवा लिन पाउने बैंकको दाबी छ ।