काठमाण्डौ । कामना सेवा विकास बैंकले ‘स्पारो पे’को खल्ती डिजिटल वालेट सुविधा समेत प्रदान गर्ने गरी सो कम्पनीसँग सम्झौता गरी सेवा संचालनमा ल्याएको छ । 

बैंकको मोवाईल बैकिङ सेवा लिएका ग्राहकले आफ्नो खातामा भएको रकम मोवाईल बैकिङ मार्फत खल्ती डिजिटल वालेटमा फण्ड लोड गर्ने सुविधा प्रदान गरिएको छ ।

खल्ती वालेट मार्फत ग्राहकले क्रेडिट कार्डको बिल भुक्तानी, इन्स्योरेन्सको प्रिमियम भुक्तानी, बिद्युत महसुल भुक्तानी, खानेपानी महसुल भुक्तानी, मोवाइल टपअप गर्ने लगायत अन्य विभिन्न भुक्तानीहरुमा सहयोगी हुने बैंकले जनाएको छ ।

हाल यो बैंकका देशका विभिन्न भागमा ९१ वटा शाखा तथा ४३ वटा एटीएम रहेका छन् ।