काठमाण्डौ । कामना सेवा विकास बैंकले आई.एम.ई को आई.एम.ई. पेए डिजिटल वालेट सुविधा समेत प्रदान गर्ने गरी उक्त कम्पनीसंग सम्झौता गरी सेवा संचालनमा ल्याएको छ । 

बैंकको मोवाईल बैकिङ सेवा लिएका ग्राहकले आफ्नो खातामा भएको रकम मोवाईल बैकिङ मार्फत आई.एम.ई. पेए डिजिटल वालेटमा फण्ड लोड गर्ने सुविधा प्रदान गरिएको बैंकले जनाएको छ ।

आई.एम.ई. पेए वालेट मार्फत ग्राहकले  चन्द्रागिरी केवलकारको टिकटको भुक्तानी, बिद्युत महसुल भुक्तानी, खानेपानी महसुल भुक्तानी, मोवाइल टपअप गर्ने लगायत अन्य विभिन्न भुक्तानीहरुमा सहयोगी हुने बंैकले जनाएको छ ।