काठमाण्डौ । काठमाण्डौको ज्ञानेश्वर केन्द्री कार्यालय रहेको कामना सेवा विकास बेंक लिमिटेड र इस्टर्न एजेन्सिज प्रालिबीच गाडी कर्जा सुविधाका लागि सम्झौता सम्पन्न भएको छ ।

सम्झौताअनुसार इस्टर्न एजेन्सिजमर्फत सिफारिस भई अएका ग्राहकहरूले बैंकको सबै शाखा कार्यालयहरुबाट सहज र छरितो रुपमा Eicher का विभिन्न प्रकारका सवारीसाधनमा कर्जा सुविधा लिन सक्ने छन् । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र इस्टर्न एजेन्सिजका तर्फबाट प्रबन्धक निर्देशक डिमप्रसाद पौडेलले हस्ताक्षर गरेका छन् ।

बैंकले देशका विभिन्न स्थानमा ९८ वटा शाखा तथा ४५ वटा एटिएममार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ।

बैंकले एबीबीएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, सी–आस्बालगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समयसापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।