काठमाण्डौ । कामना सेवा विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई नगद लाभांशमात्र वितरण गर्ने भएको छ ।

बैंकको मंगलबार बसेको सञ्चालक समितिले नगद लाभांश प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजी २ अर्ब ५४ करोड १ लाख ९५ हजार ३५२ रुपैयाँबराबरको ६.८ प्रतिशतका दरले हुन आउने १७ करोड २७ लाख ३३ हजार २८४ रुपैयाँबराबरको नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृतिका लागि पठाइएको बैंकले जनाएको छ ।