पर्वत । कामना सेवा विकास बैंकले आफ्नो १३ औं वार्षिकउत्सवको उपलक्ष्यमा देशभर बिभिन्न सामाजिक गतिविधी सञ्चलन गर्दैआएको छ । यसै अवसरमा पर्वतको कुश्मा शाखाले श्री जनक माद्यामिक विद्यालय थुम पर्वतका १३ जना स्काउट खेलाडी विद्यार्थिहरुलाई एक कार्यक्रम विच १३ थान ट्रयाक सुट वितरण गरेको छ ।

विद्यालयको खेलक्षेत्रमा थप टेवा पुगोस भन्ने उदेश्यका साथ ट्रयाक सुट वितरण गरिएको कुश्मा शाखाका प्रवन्धक तथा धौलागीरी कलस्टर ईन्चार्ज टंकनाथ लामिछाने ले वताउनु भयो । शुक्रवार विद्यालयमै एक कार्यक्रमको आयोजना गरी सामाग्री हस्तान्त्रण गरिएको हो  ।

विद्यालयका प्र.आ. टेकनाथ अधिकारी को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको स्वागत डिमुवा शाखाका प्रवन्धक धु्रव पौडेल तथा संचालन कुश्मा शाखाका सम्वन्ध प्रवन्धक किसोर तिमिल्सीनाले गर्नुभएको थियो । कार्यक्रममा नगर शिक्षक संगठनका अध्यक्ष भिमराज सापकोटा तथा शिक्षकहरुले मन्तब्य राख्नुभएको थियो ।

बैंकले गरेको सामाजिक कार्यको प्रशसा गर्दै भोलिका दिनमा सहयोग आदान प्रदान गरिने प्रअ अधिकारी ले वताउनुभयो।

सोही कार्यक्रममा बैंकले प्रदान गर्ने सेवासुवीधाको वारेमा जानाकारी साथै वैकले समाजमा गरेको सहयोगको चर्चा गरीएको थियो । धौलागीरी क्षेत्रमा रहेका अन्य शाखाले समेत सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न कार्यक्रम संचालन गर्दैआएको लामीछानेले बताउनुभयो ।

हाल बैंकले देशका विभिन्न भागहरुमा १०३ शाखा तथा ५१ वटा एटीएम मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दैआईरहेको छ  धौलागिरी क्षेत्र अन्र्तगत वाग्लुङ्ग वजारमा निकट भविश्यमानै शाखा खोल्ने तयारी रहेको वताइएको छ ।