काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं ३ अन्तर्गत ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वडा नं ५ स्थित सानागाउँमा यही आज सोमबार आफ्नो १०४ आँै शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ ।

महालक्ष्मी नगरपालिका वडा नं ५ का अध्यक्ष राज कुमार सिलवाल तथा बैंकका संचालक विश्वेश्वर सुवेदीले संयुतm रुपमा शाखाको उद्घाटन गरे । अध्यक्ष सिलवालले आफ्नो वडामा पहिलो पटक बैंकको शाखा आएकोमा खुशाी व्यक्त गर्दै वडावासीहरुको तर्फवाट धन्यवाद दिदै आफूले सक्दो सहयोग गर्ने बताए । 

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले बैंकका वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा प्रकाश पारे । यस बैंकले व्यवसाय विस्तारको क्रममा नवीनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्गसेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिएको छ ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १०४ वटा शाखा तथा ५३ वटा एटीएममार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एबीबीएस,एसएमएस बैंकिगं,मोबाइल बैकिगं,सिआस्वा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्षआफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।