काठमाण्डौ । कामना सेवा विकास बैंक लिमीटेड १५ प्रतिशत हकप्रद निश्कासनको माग गर्दै धितोपत्र बोर्ड पुुगेको छ । 

राष्टिय स्तरको यो विकास बैंकले १०० रुपैयाँ अंकित दरका ३० लाख ९४ हजार १ सय ५४.७७ कित्ता हकप्रद निश्कासनको माग गर्दै बोर्डमा आवेदन दिएको हो । 

कम्पनीको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटल लिमीटेडले गर्नेछ । 

हाल यो बैंकको चुक्तापूँजी २ अर्ब ५ करोड रुपैयाँ रहेको छ । हकप्रदको पूँजीकरणपछि २ अर्ब ३६ करोडको उचाईमा पुुग्नेछ ।