काठमाण्डौ । ‘प्रगतिको आधार : कामना सेवासँग कारोबार’ भन्ने नाराका सथा संचालित कामना सेवा विकास बैंक लिमिटेडको १०८ औँ शाखा बागलुङमा सञ्चालनमा ल्याइएको छ ।

बागलुङ शाखाको सोमबार एक समारोहबीच बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेल तथा बैंकका संचालक चतुराखर अधिकारीले संयुक्त रुपमा गरे। मेयर पौडेलको प्रमुख आतिथ्यतामा संचालित शुभारम्भ समारोहमा पूर्वसंसद बलावती शर्मा, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी, बागलुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष अशोकराज भण्डारी, महिला तथा बालअधिकार सेवा केन्द्र बागलुङका अध्यक्ष पार्वती आचार्यलगायतले शुभकामना मन्तब्य दिएका थिए ।

कार्यक्रमा बागलुङस्थित वित्तीय संस्थाका प्रुमख, ज्येष्ठ नागरिक, व्यापारी तथा विभिन्न संघसंस्थाका प्रमुख प्रतिनिधिको उपस्थिति थियो ।

संचालक चतुराखर अधिकारीको अध्यक्षतामा संचालित कार्यक्रमको स्वागत बैंकका गण्डकी प्रदेश प्रमुख टुवराज बास्तोला तथा संचालन धौलागिरि कलस्टर प्रमुख टंकनाथ लामिछानेले गरेका थिए ।

पछिल्लो समयमा शाखा विस्तारमा आक्रमक बैंकको हाल १०८ शाखा तथा ५७ ऐटियमबाट सेवा प्रदान गर्दै आएको छ । धौलागिरिमा बागलुङसँगै पाँच शाखावाट सेवा प्रदान गर्दै आएको लामिछानेले बताए।