काठमाण्डौ । ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको कामना सेवाविकास बैंक लिमिटेड र एम. ए. डब्ल्यू भ्रिद्धी कमर्सियल भेहिकल्स प्रा.लि.बीचमा व्यापार सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौताअनुसार एम. ए. डब्ल्यू भ्रिद्धी कमर्सियल भेहिकल्स प्रा.लि.मार्फत् सिफारिस भई अएका ग्राहकहरूले बैंकका सबै शाखा कार्यालयहरुबाट सहज र छरितो रुपमा ब्राण्डका विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा लिन सक्नेछन् । सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र एम. ए. डब्ल्यू भ्रिद्धी कमर्सियल प्रा. लि.को तर्फबाट प्रबन्धक निर्देशक विवेक सिकारियाले हस्ताक्षर गरे ।

काठमाण्डौ केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न स्थानमा ११४ वटा शाखा तथा ६० वटा एटीएममार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।