काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले काठमाण्डौको भीमसेन गोलामा आफ्ना शाखा विस्तार गरेको छ ।

आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं ३ अन्तर्गत काठमाण्डौ महानगरपालिका वडा नं ३१ स्थित भीमसेनगोलामा गत बुधबारदेखि बैंकले शाखा सञ्चालनमा ल्याएको हो ।

काठमाण्डौ वडा नं. ३० ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागमा यी शाखासहित ११७ वटा शाखा कार्यालय तथा ६० वटा एटीएममार्फत आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

बैंकले एबीबीएस, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ भी फाइभलगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवा उपलब्ध गराउँदै आएको तथा समयसापेक्ष रुपमा आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना छ ।