काठमाण्डौ । कामना सेवा विकास बैंक चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १२ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

दोस्रो त्रैमास वित्तीय वितरणअनुसार यो नाफा गत आर्थिक वर्षको यही अवधिको तुलनामा भने ४.०६ प्रतिशतले कम हो । गत वर्ष यही अवधिमा बैंकले १३ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

दोस्रो त्रैमासमा बैंकले वितरणयोग्य मुनाफा ६ करोड ५५ लाख रुपैयाँ आर्जन गरेको छ ।

समीक्षा अवधिमा बैंकले १८ करोड ५५ लाख सञ्चालन मुनाफा आर्जन गरेको छ । गत वर्ष यही अवधिमा बैंकले १९ करोड ३० लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो ।

त्यस्तै दोस्रो त्रैमासमा बैंकले ३२ करोड २५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष बैंकले २३ करोड ९४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यो अवधिमा बैंकले २७ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरी २३ अर्ब ४८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिमा बैंकले २१ अर्ब ३७ करोड रुपैयाँ निक्षेप संकलन गरी १८ अर्ब ९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

समीक्षा अवधिमा बैंकले रिजर्भको आकार ११.१३ प्रतिशतले बढाएको छ । गत वर्ष ५३ करोड १३ लाख रुपैयाँ रहेको रिजर्भमा बढेर ५९ करोड ६ लाख रुपैयाँ पुगेको छ ।

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ११.६९ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात (पीई रेसियो) १२.३१ रहेको छ ।