काठमाण्डौ। कामना सेवा विकास बैंकले कोरोना महामारीको बेला ग्राहकको सेवा र सुरक्षालाई ध्यानमा राख्दै हिजो असार १४ गतेदेखि लागू हुने अनलाइन कर्जा आवेदन सेवा सञ्चालनमा ल्याएको छ।

बैंकको वेबसाइटमार्फत अनलाइन कर्जा योग्यता मापन/आवेदन  गर्न सकिने सुविधा सञ्चालनमा ल्याइएको छ। अब ग्राहकले  घरैमा बसेर बैंकको  जुनसुकै शाखा कार्यलयमा सेयर कर्जा, प्रोफेसनल लोन, घर कर्जा, सवारी कर्जा, व्यापारिक कर्जा लागिआवेदन दिन सक्ने बैंकले जनाएको छ। 

काठमाण्डौको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागमा १२३ वटा शाखा तथा ६४ वटा एटीएममार्फत ग्राहकलाई सेवा तथा सुविधा प्रदान गर्दै आएको छ।

बैंकले एबीबीएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ र सि–आस्बालगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवा ग्राहकलाई सुविधाहरु उपलब्ध गराउँदै आएको छ।

​समयसापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकले जनाएको छ।