काठमाण्डौ। कामना सेवा विकास बैंक लिमिटेड र नेपालको सांगीतिक क्षेत्रका प्रख्यात पप गायक, गीतकार तथा संगीतकार सुगम पोखरेलबीच बैंकको आधिकारिक आवाज बन्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ। 

यो सम्झौतापश्चात बैंकको आधिकारिक आवाजका रुपमा गायक पोखरेलको आवाज रहनेछ। बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले बैंकका गतिविधिमा आफ्नो सुमधुर अवाज दिई बैंकको सारथिको भूमिका निर्वाह गर्ने स्वीकृति दिएकोमा गायक पोखरेलप्रति आभार प्रकट गरे। गायक पोखरेलले पनि आफूलाई यो अवसर प्रदान गरेकोमा बैंकलाई धन्यवाद दिँदै आफ्नोतर्फबाट बैंकको ख्याति एवं श्रीवृद्धिमा जस्तोसुकै सहयोग गर्ने वचनबद्धता गरे। 

बैंकले देशका विभिन्न भागमा १२४ वटा शाखा तथा ६६ वटा एटीएममार्फत ग्राहकलाई आफ्नो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ। साथै, बैंकले एबीबीएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, अनलाइन अकाउन्ट ओपनिङ, सि–आस्बालगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवासुविधा उपलब्ध गराउँदै आएको छ। समयसापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकले जनाएको छ।