काठमाण्डौ । कामना सेवा विकास बैंक लि. र नेपाल चार्टड एकाउन्टेन्ट संघ(ए क्यान) बीच ए क्यानमा आवद्ध सदस्यहहरुलाई  बिना धितोमा प्रोफेसनल कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । 

द्विपक्षीय समझदारी पत्र अनुसार ए क्यानका सदस्यहहरुलाई सरल तरिकाबाट बैंकको सबै शाखाबाट एकै दिनमा बिना धितोमा रु १५ लाख सम्मको प्रोफसनल कर्जा  प्रदान गरिनेछ । यो सम्झौता पछि धितो नभएर आफ्ना व्यक्तिगत आवश्यकताहरु पूरा गर्नको लागि बैंकिङ सुविधा (कर्जा) लिनबाट बञ्चित व्यक्तिहरुलाई कर्जा लिन सहज हुने कुरामा विश्स्त रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत  प्रविण बस्नेतले जानकारी दिए । साथै, ए क्यानमा आवद्ध सदस्यका श्रीमतीद्वारा सञ्चालित व्यापार व्यवासयलाई समेत सहुलियतपूर्ण कर्जा प्रवाह गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए । 

उक्त समझदारी पत्रमा कामना सेवा विकास बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र नेपाल चार्टड एकाउन्टेन्ट संघ. तर्फबाट अध्यक्ष आन्नद राज शर्मा वाग्लेले कामना सेवा विकास बैंकको केन्द्रीय कार्यलयमा आयोजित एक कार्यक्रमका बीच हस्ताक्षर गरे । 

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२४ वटा शाखा तथा ६६ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको जनाएको छ