काठमाण्डौ । कामना सेवा विकास बैंकले ८ लाख ४९ हजार ९ सय ६३.७७ कित्ता सेयर लिलामीबाट बिक्रीका लागि सूचना प्रकाशित गरेको छ । 

राष्ट्रिय स्तरको यो विकास बैंकले बैशाख २४ गते(आज)बाट संस्थापक र सर्वसाधारण समूहतर्फ नबिकेको सेयरको लिलामीबाट बिक्रीका लागि आवेदन खुलाएको हो । 

कम्पनीले गत माघ १५ देखि चैत ५ गतेसम्म ३० लाख ९४ हजार १ सय ५४.७७ कित्ता हकप्रद सेयर निश्कासन गरेको थियो । त्यसमध्ये बिक्री नभएको ८ लाख ४९ हजार ९ सय ६३.७७ कित्ता सेयर लिलामीमार्फत बिक्रीका लागि अक्सनको आवेदन खुल्ला गरिएको हो ।

कम्पनीले संस्थापक समूहतर्फको ६ लाख ३७ हजार ८ सय १६.९३ कित्ता तथा सर्वसाधारण समूहतर्फको २ लाख १२ हजार १ सय ४६.८४ कित्ता सेयर लिलामीमा ल्याएको हो ।

लिलामी प्रक्रियामा सहभागी हुन चाहने बिडरले न्यूनतम १०० रुपैयाँ कित्ताको बोली लगाउनुपर्नेछ । यस्तै, संस्थापक सेयरका हकमा न्यूनतम १ हजार कित्ता तथा सर्वसाधारण समूहतर्फको सेयरको हकमा न्यूनतम १०० कित्ताका लागि आवेदन दिन पाइनेछ ।

हकप्रद सेयरको अक्सनका लागि एनएमबी क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।

यो बैंकले निश्कासन गरे पनि बिक्री नभएको हकप्रद सेयर लिलामीबाट बिक्री भएपछि हालको २ अर्ब ५ करोड चुक्तापूँजी बढेर २ अर्ब ३६ करोडको उचाईमा पुग्नेछ । 

यो कम्पनीको दोश्रो बजारमा अन्तिम बिक्री मूल्य प्रतिकित्ता १७१ रुपैयाँ रहेको छ ।