काठमाण्डौ । कामना सेवा विकास बैंकले आफ्ना सेयरधनीलाई पहिलोपटक बोनस र नगद लाभांश वितरणको घोषणा गरेको छ । 

बैंकको जेठ ३० गते बसेको २४९ औं बैठकले आर्थिक वर्ष २०७३/७४ को नाफा तथा अन्य वितरणयोग्य कोषहरुबाट सेयरधनीलाई ५.५० प्रतिशत बोनस सेयर र ६.५० प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो ।

हाल यो बैंकको चुक्तापूँजी २ अर्ब ३७ करोड रुपैयाँ रहेको छ । जसअनुसार बैंकले १३ करोड बढीको बोनस सेयर र १५ करोड ४१ लाख रुपैयाँ भन्दा बढी नगद लाभांश वितरण गर्नेछ ।

कुल १२ प्रतिशतको दरले वितरणको प्रस्ताव गरिएको लाभांश सेयरधनीले पाउन नियामक नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित हुनुपर्छ । 

बोनस सेयर वितरणपछि यो बैंकको चुक्तापूँजी नेपाल राष्ट्रबैंकले तोके अनुसार २ अर्ब ५० करोड भन्दा माथि पुग्नेछ ।